देशका २९३ नगरपालिकामा ३ हजार २७६ जना नगरप्रमुखमा र उपमेयरमा २ हजार ९ को मनोनयन

देशका २९३ नगरपालिकामा ३ हजार २७६ जना नगरप्रमुखमा र उपमेयरमा २ हजार ९ को मनोनयन

देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।

निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७  हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।

देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख मेयर पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख उपमेयर पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।

यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो ।