कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका ६ को भित्रि सडकखण्डमा आइतबार राति म१प ६२६१ नम्बरको मोटरसाइकल छाडा चौपायासँग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २७ वर्षीय भजन राना गम्भीर घाइते भएका थिए। 

उनको सोमबार साँझ धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।