सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले गरे उम्मेदवारी दर्ता (अपडेट)

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले गरे उम्मेदवारी दर्ता (अपडेट)

धनगढी ।  स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ। 

सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ११ हजार बढीले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका ९ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ७९ निर्वाचन अधिकृतको कार्यालयमा ११ हजार ९८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा ११ हजार ९८ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको तथ्याकंमा छ। 

प्रदेशमा नगरपालिका र उपमहानगरपालिकाको मेयरका लागि २०३, उपमेयरका लागि १६०, गाउँपालिकाको अध्यक्षका लागि २२९ र उपाध्यक्षका लागि १८१ जनाको उम्मेदवारी परेको छ। 

यस्तै वडा अध्यक्षका लागि २ हजार ५९७, महिला सदस्यका लागि १ हजार ९२९, दलित महिला सदस्यका लागि १ हजार ७८४ र सदस्यका लागि ४ हजार १५ जनाको उम्मेदवारी परेको छ।