अछाममा अहिलेसम्म ४७५ पदमा १ हजार ५०२ जनाको उम्मेदवारी

अछाममा अहिलेसम्म ४७५ पदमा १ हजार ५०२ जनाको उम्मेदवारी


धनगढी । अछाममा ४७५ पदमा १ हजार ५०२ जनाले उम्मेदवारी दिएका छन्। 

अहिलेसम्म जिल्लाका १० वटा पालिकामा ४७५ पदका लागि १ हजार ५०२ जनाको उम्मेदवारी आधिकारिक रुपमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

१० वटै पालिकाबाट प्राप्त उम्मेदवारी दर्ता फाईल जिल्लामा टिपोट गर्ने कार्य जारी रहेकाले बताए। 

उनले कमलबजार नगरपालिकामा १६७, चौरपाटी गाउँपालिकामा ११३, ढकारीमा १३७, तुर्माखाँदमा १४३, पञ्चदेवल विनायक नगरपालिकामा १९३ र बान्नीगढी जयगढ गाउँपालिकामा १०६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए।

त्यसैगरी मंगलसेन नगरपालिकामा १९२, मेल्लेख गाउँपालिकामा १६१, रामारोशनमा १११ र साँफेबगर नगरपालिकामा १७९ जनाको उम्मेदवारी दर्ता भएको सूचना अधिकारी थारुले बताए।