स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघ्यो

स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार नाघ्यो

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५ बजेसम्म उक्त सङ्ख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । 

आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । 

आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।

परेका उम्मेदवारमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा २ हजार ३४३, वडा अध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ रहेको छ ।

७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या ३५ हजार २२१ रहेको छ ।

May be an image of text that says 'प्रदेश सदस्य निर्वाचन, २०७९ मनोनयन दर्तोको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्ट भएको आधारमा) प्रमुख अध्यक्ष प्रदेश प्रदेश बागमती निर्वाचन आयोग, नेपाल NEPAL ४5९ उपप्रमुख ३१५ ६३५ 1३२७ ५५७ 5७३ उपाध्यक्ष ३९१ वडा अध्यक्ष महिला सदस्य ३5५९ मिति: समय: बिहान १०:१५ बजे ২০७২ ४७३ दलित महिला सदस्य xoX लुम्बिनी प्रदेश कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश जम्मा ३२६ १६३ २5५ २5५ ५४६ ३०० ३४५० २२५ ५६४९ ሂ६७২ २5१६ ५१०२ ५७९० ४२० 1४5 २०5 ३३१5 २०६७ २४४ ३३०६ जम्मा २२१९४ ३६६२७५ २३६५४ 5१९३ १२४४९ ६६५४ ४६०३ १६४ २०३६ १९४ २३४३ ३६०३ १९३० २७४१ ३३111 २०३७ २४२5३ २२४२१ १5९5 २१९७९ ४२७६ ५१०९२ १२5४5 १૧७६२ ૧४૧૪६૬'