नेकपा एसकी कान्छी उम्मेदवार, २३ वर्षमै गाउँपालिका उपाध्यक्षमा भिड्दै

नेकपा एसकी कान्छी उम्मेदवार, २३ वर्षमै गाउँपालिका उपाध्यक्षमा भिड्दै

धनगढी ।  डोटीको केआइ सिंह गाउपालिकाकी निर्मला अवस्थीले २३ वर्षको उमेरमै गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्ष लागि उम्मेदवारी दर्ता गराएकी हुन्। हाल पार्टिकाे जिल्ला कमिटी सदस्य समेत रहेकी  निर्मला तत्कालिन अनेरास्ववियु डाेटीकाे सचिस समेत हुन् । 

उनले सबैभन्दा कान्छी उम्मेद्धारका रुपमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनि सुदूरपश्चिम प्रदेशको उपाध्यक्ष पदको सबैभन्दा कान्छी उम्मेदवार हुन्।

‘म आफै पनि सानै देखी राजनितीमा रुचि भएका कारण आफ्नो समाज र यस क्षेत्रका वासिन्दाका लागि केही गर्न सक्छु’, भन्ने लागेर उम्मेदवारी दिएको निर्मलाले बताइन्।

उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउदाँ विकास गर्न सकिने आफ्नो मान्यता रहेको पनि सुनाइन्। विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाई छ। 

नेकपा एसकी केन्द्रीय सदस्य तथा डाेटी जिल्ला सह-इन्चार्ज पुर्णा जाेशीले युवालाई प्राथमिकता दिने पार्टीको नीति अनुसार निर्मलाले उम्मेदवारी दिएको बताइन्।