हामीसँग अरु कसैसँग नभएका हतियार छन् : पुटिन

हामीसँग अरु कसैसँग नभएका हतियार छन् : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई ताजा धम्की दिँदै युक्रेनमा हस्तक्षेप गर्ने कुनै पनि देशले ‘बिजुलीको गति’मा सैन्य प्रतिक्रियाको सामना गर्ने बताएका छन् । 

“हामीसँग यसका लागि सबै हतियारहरू छन्, जुन अरु कसैले दावा गर्न सक्दैन।।। आवश्यक भएमा हामीले ती प्रयोग गर्नेछौँ,” उनले भने । “हामीले यसबारे सबै निर्णय गरिसकेका छौँ ।”

अघिल्लो दिन पश्चिमी देशहरूले युक्रेनलाई समर्थन बढाएपछि उनको पछिल्लो चेतावनी आएको हो । 

मंगलबार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनले रुसलाई हराउने सुनिश्चित गर्न सक्नेजति सबै गर्ने संकल्प गरेका थिए ।

र, हालैका दिनहरूमा आफ्नो नीतिमा यू–टर्न ९आमूल परिवर्तन० गर्दै ५० वटा एन्टि–एयरक्राफ्ट ट्याङ्कहरू उपलब्ध गराउने जर्मनीको घोषणा सहित युक्रेनलाई सैन्य सहयोग बढाउने प्रतिबद्धताहरू बढिरहेको छ ।

बेलायतले युक्रेनलाई लडाकु विमान उपलब्ध गराउन आह्वान गर्ने अपेक्षा गरिएको छ ।

यो हप्ताको सुरुमा रुसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि युक्रेनलाई फायरपावर ९विध्वंसक हतियार० प्रदान गरेर ‘आगोमा घ्यू थपिरहेको’ दाबी गर्दै द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्ध निम्त्याउन सक्ने बताएका थिए । 

रुसको उर्जा प्रदायक ग्याजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गरेपछि तनाव बढ्दै गएका बेला पुटिनको चेतावनी आएको हो । यी देशले रुबलमा ग्यासको भुक्तानी गर्न अस्वीकार गरेपछि रुसले ग्यास आपूर्ति बन्द गरेको हो ।

युरोपेली नेताले ग्यास आपूर्ति रोकेर रुसले ‘ब्याकमेल’ अनुचित धम्की दिएको बताएका छन् । 

बीबीसीबाट ।