डडेल्धुराको आलिताल गाउपालिकामा एक मात्र महिला वडाअध्यक्ष उम्मेदवार- सुमित्रा

डडेल्धुराको आलिताल गाउपालिकामा एक मात्र महिला वडाअध्यक्ष उम्मेदवार- सुमित्रा

डडेल्धुरा : डडेल्धुरा जिल्लाको  आलिताल गाउँपालिकामा वडाअध्यक्ष पदका लागि  एक मात्र महिला उम्मेदवार छिन; सुमित्रा भण्डारी(साउद) । करिब १० बर्ष शिक्षण पेसामा आवद्ध  रहि शिक्षा क्षेत्रमा आफ्नो योगदान दिईरहेकी उनले शिक्षण पेसाबाट राजिनामा दिई पालिकाको  वडा नं ७ बाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन। 
माओवादी केन्द्रको पकड क्षेत्र मानिने आलिताल ७ बाट यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ। । भन्छिन् ; "नेताहरु आउने र जनताहरु पटक पटक ठगीने  प्रवृत्ति आफ्नै आँखा अगाडी चलिरह्यो।यहि प्रवृत्तिको अन्त्य गर्न र वास्तविक परिवर्तनको आभास दिलाउन मैले राजनिती सुरु गरे।"

 जनताले पाउने अधिकारहरु कागजमै सिमित भएको समेत उनले बताईन। स्थानीय तहहरुमा भ्रष्टाचारले जरो गाडेको र जनताहरु टुलुटुलु हेरेर बस्ने बाध्यता रहेको समेत उनी बताउछिन् । 
धनगढी खबर संगको कुराकानीमा उनले आफुले पाउने सम्पुर्ण सेवा सुबिधा जनताको हुने बताईन।उनले भनिन् ; "म नेतृत्वमा पुगेपछी भ्रष्टाचार शून्य हुनेछ र वडाअध्यक्षले पाउने सम्पुर्ण सेवासुबिधाहरु पनि जनताकै लागी हुनेछ्न।"


आफू वडा अध्यक्षका लागि उम्मेदवार रहदा महिलाहरु समेत निकै उत्साहित भएको र महिला पनि सबल र सक्षम छ्न भन्ने कुरा काम गरेर प्रमाणित गर्ने उनले बताईन। 

वडा नम्बर ७ मा एमाले बाट  पुरुष सदस्यमा शिब साउद, मान बहादुर बुढा क्षेत्री र महिला तर्फ जन्तरा धानुक, महिला दलित तर्फ बिस्ना देवि कामी उम्मेदवार रहेका छ्न। 

डडेल्धुरा जिल्लामा भागेश्वर गाउपालिका ५ बाट शान्ती जैसी नेपाली काङ्ग्रेस बिपि, आलिताल गाउपालिका ७ बाट सुमित्रा भण्डारी(साउद) एमाले र गन्यापधुरा गाउपालिका ४ बाट अहिल्या कुँवर प्रधान माओवादी केन्द्र र वडा नम्वर ५ बाट कृष्णादेवि पनेरु ओझा एमाले गरि  जिल्लाभरीमा ४ जना महिला वडाअध्यक्ष उम्मेदवारहरु रहेका छ्न।