रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् ।

पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् ।

सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि रुससँग आर्थिक साझेदारीको अपेक्षा गर्न नसक्ने’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

‘रुसले ग्यासमात्र होइन जुनसुकै व्यापारलाई पनि हतियारको रुपमा बुझेको छ । उ अर्को कुनै व्यापारलाई पनि (हतियारका रुपमा) प्रयोग गर्न सही समय कुरेर बसिरहेको छ ।’ उनले भने ।

यसअघि युरोपेली युनियनले पनि बुल्गेरिया र पोल्याण्डलाई ग्यासको आपूर्ति रोकेर रुसले ब्याकमेल गरिरहेको टिप्पणी गरेको थियो ।