संसद भवनभित्र सांसदले पोर्न फिल्म हेर्न थालेपछि...

संसद भवनभित्र सांसदले पोर्न फिल्म हेर्न थालेपछि...

संसद भवनमा के हुन्छ ? मुलुकको समसामयिक, आर्थिक वा राजनीतिक विषयवस्तुमा गम्भीर छलफल हुन्छ ।तर कहिलेकाहीँ छलफलकै बीचमा झडप हुने वा कोही सांसद निदाउने जस्ता दृश्यहरू देख्न पाइन्छ ।

हालै ब्रिटिश संसदमा एक यस्तो घटना भएको छ, जसले तरंग मच्चाएको छ । डेली मेलमा प्रकाशित एक रिपोर्ट अनुसार ब्रिटेनको संसदमा एक सांसद आफ्नो मोबाइलमा पोर्न फिल्म हेरिरहेका थिए  ।

त्यसपछि त्यहाँ रहेकी महिला संसदले देखिन् । उनले तत्कालै उनीविरुद्ध उजुरी गरेको समेत खबरमा छ । संसद भवनभित्र पोर्न फिल्म हेर्ने सांसद को हुन् भन्नेबारे भने खुलाइएको छैन ।