अमेरिकी राष्ट्रपति बाइडेनको युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने प्रस्ताव

अमेरिकी राष्ट्रपति बाइडेनको युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने प्रस्ताव

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गरेका छन् ।

बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको सैन्य र मानवीय क्षमता बढाउनको लागि ३९ अर्ब डलर अर्थात ४० खर्ब ३३ रुपैयाँ सहयोगको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

यसमध्ये २० अर्ब डलर सैन्य सहायता आठ अर्ब आर्थिक सहायता र बाँकी मानवीय सहायताको लागि उपलब्ध  गराउन बाइडेनले प्रस्ताव गरेको खबरमा उल्लेख छ । युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्नको लागि अमेरिकी सांसदहरुले सहायता प्रस्ताव पारित गर्नुपर्ने बाइडेनले बताएका छन् ।

अमेरिकाले यो सहायता पारित नगरेमा रुस थप आक्रामक हुने र अरु देशलाई पनि गाह्रो हुँदै जाने बाइडेनको भनाइ छ । युक्रेनलाई सहयोग गर्नुको अर्थ रुसलाई आक्रमण गरेको नठहरिने बरु युक्रेनलाई आत्मरक्षाको लागि सहयोग पुग्ने बाइडेनले बताउनुभएको छ । तर रुसले भने युरोपेली देश र अमेरिकाले युक्रेनमा बढाउँदै लगेको आर्थिक र सैन्य सहायता रुसको लागि जोखिमपूर्ण रहेको भन्दै उचित जवाफ फर्काउने चेतावनी दिएको छ ।