सुदूरपश्चिमकी गायिका दीपिकाको चुनावी गीत सार्वजनिक [भिडिओसहित]

सुदूरपश्चिमकी गायिका दीपिकाको चुनावी गीत सार्वजनिक [भिडिओसहित]

धनगढी । सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ। बैतडी स्थायी घर भएकी १९ वर्षीया धानुकको आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी गीत सार्वजनिक भएको हो। 

बिहीबार उनले आफ्नो ‘एमाले ल्याउनु छ’ बोलको चुनावी गीत सार्वजनिक भएको बताइन् । सानैदेखि गायनमा रुची राख्ने धानुकले यो आफ्नो पहिलो प्रयास भएको बताएकी छन्। गीतमा नेकपा एमालेको राजनीतिक इतिहास र लोकप्रियता समेटिएको छ।

हरिश धानुकको संगित तथा लय रहेको उक्त गीतमा दीपिका र गायक शेर विष्टको आवाज रहेको छ। धानुक कानूनको विद्यार्थी पनि हुन्। उनी कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी प्रथम सत्रमा अध्यनरत छन्।