नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित

नेपाल र जिम्बावेको खेल वर्षाका कारण स्थगित

नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा लगातारको वर्षाका कारण खेलको टस नै नभई स्थगित भएको हो ।