धनगढीका ८० वर्षीय बृद्धले चन्दलाई आर्शिवाद दिदै भने, हाम्रो सहारा एमालेले हो, जितको शुभकामना !

धनगढीका ८० वर्षीय बृद्धले चन्दलाई आर्शिवाद दिदै भने, हाम्रो सहारा एमालेले हो, जितको शुभकामना !

धनगढी । शुक्रबार करीब साढे ६ बजेतिर धनगढी उपमहानगरपालिका–१९ को २५ घरमा नेकपा एमालेले चुनावी कोण सभा आयोजना गरेको थियो । कोण सभालाई एमालेबाट उपमहानगरपालिकाको मेयरका उम्मेदवार रहेका रणबहादुर चन्दले सम्बोधन गरिरहेका थिए । 

उनले सभालाई सम्बोधन गरिरहेकै समयमा २५ घरकै ८० वर्षीय जीवन उपाध्याय आइपुगे । नजिकै रहेका एमाले कैलालीका नेता विष्णु चन्दसँग मेयरका उम्मेदवारको बारेमा बुझे । जब उनले मेयरका उम्मेदवार रणबहादुर चन्दको पृष्ठभूमी पारीवारिक, राजनीतिक र व्यक्तिगत पृष्ठभूमी बुुझे त्यसपछि उनले आफूलाई एक पटक चन्दसँग भेटाइदिन आग्रह गरे । 

नभन्दै मेयर पदका उम्मेदवार चन्दसँग उनको भेट भयो । भेटका क्रममा उनले आफू नेकपा एमालेको सरकारले गरेका कामकाजबाट प्रभावित भएको बताउँदै जितको अग्रिम शुुभकामना दिए । गाउँका पण्डित समेत रहेका उनले चन्द संघर्षशील र साधकी नेता भएको सुुनेको बताउँदै आर्शिवाद दिदै भने, ‘तपाई जस्तो सालिन, इमानदार र संघर्षशील नेतालाई हाम्रो साथ सहयोग रहने छ । एमाले पार्टीले हामी जस्ता बृद्धलाई पालेको छ । तपाईलाई जितको शुुभकामना छ ।’ 

उनले अघिल्लो निर्वाचनमा मेयर पदमा विजयी भएका कांग्रेसका नृपबहादुर वडले बृद्धबृद्धाको हक, हितका लागि काम गर्न नसकेकाले कुनै पनि हालतमा दोस्रो पटक विजयी नगराउने बताएका छन् । 

अहिले केही स्वतन्त्र उम्मेदवारहरु पनि भोट माग्न आफ्नो घरदैलोमा आइरहेको भन्दै दलीय व्यवस्थामा एक जना मेयरले काम गर्न नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई दिएको मत खेर जाने भएकाले चन्दलाई नै मत दिएर विजयी गराइदिन आग्रह गरेका छन् ।