टी-२० सिरिज : जिम्बावे ‘ए’ विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

टी-२० सिरिज : जिम्बावे ‘ए’ विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो टी२० सिरिज अन्तर्गत केहीबेर पछि जिम्बावेविरुद्ध खेल्न लागेको हो।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जिम्बावेका कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।यसअघि यी दुई टोलीबीच तीन एकदिवसीय सिरिज पहिले हुने तय थियो।

तर, टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षा हुँदा ९:३० बाट सुरु हुने भनिएको खेल टससमेत नभइ स्थगित भएको थियो। खेल स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले तालिका परिमार्जन गर्दै टी२० सिरिज पहिला आयोजना गर्न लागेको हो।