सशस्त्रको आईजीपीमा अर्याल नियुक्त

सशस्त्रको आईजीपीमा अर्याल नियुक्त

सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई बढुवा गरिएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। 

अर्याल वैशाख १४ गते एआईजीपीमा बढुवा भएसँगै आईजीपीका एकल दाबेदार थिए। सशस्त्र प्रहरी बलमा एआईजीबाट मात्रै आईजीपी बनाउने प्रावधान छ।

दुई एआईजीको दरबन्दी रहेको सशस्त्रमा अर्का एआईजी रामशरण पौडल पनि यही आइतबार नै आईजीपी पुष्पराम केसीसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि सरकारले अर्याललाई आईजीपीमा बढुवा गरेको हो।