पछिल्लो २४ घन्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका २ हजार ५ सय ८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १५ एन्टिजेन परीक्षणबाट २ जनामा संक्रमण देखिएको हो।
कोरोनाबाट आइतबार कसैको पनि मृत्यु भएको छैन।
मन्त्रालयका अनुसार आइतबार २७ जना कोरोनामुक्त भएका छन्। यो सहित हालसम्म ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन्। हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित रहेका छन्।