फ्रान्सेली गायिका रिजाइनको निधन

फ्रान्सेली गायिका रिजाइनको निधन

फ्रान्सेली गायिका रिजाइन ज्यालबेरबर्गको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

डिक्सो संगीतको आविष्कार स्वघोषणा गर्दै आएकी रिजाइनको निधनबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। 

सन १९५० मा पेरिसमा ‘नाइट क्लब’ खोलेकी रिजाइनलाई ‘रातकी रानी’ भनेर सम्बोधन गरिन्थ्यो।

रिजाइन कलाकार पनि हुन्। उनले रोबर्ट एण्ड रोबर्ट लगायतका चलचित्रमा काम गरेकी छिन्।