'एमालेप्रतिको जनलहरले रुखलाई जाखौर तालमा डुबायो, कलमको मसि सुकायो' : राना

'एमालेप्रतिको जनलहरले रुखलाई जाखौर तालमा डुबायो, कलमको मसि सुकायो' : राना

धनगढी । आसन्न स्थानीय तहको चुनावि प्रचारप्रसारमा नेकपा (एमाले)प्रतीको जनलहरले गठबन्धनको होस उडाएको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज नारदमुनी रानाले बताएका छन । मंगलबार धनगढी ७ देवरियामा आयोजित  वाड स्तरीय भेलालाई सम्बोधन गर्दै रानाले यस्तो बताएका हुन । 

'हाम्रो गौरवशाली पार्टीप्रती उत्साहजनक जनताको जनलहरले गठबन्धनको होस उडाएको छ', उनले भने, 'रुख उखलेर जाखौर तालमा डुबायो अनि कलमको मसि सुकायो ।' त्यस्तै रानाले अब विकास र गठबन्धनको बलियो विकल्प भनेकै नेकपा एमाले भएको दाबी समेत गरेका छन । 

वडा नं ७ मा देखिएको जनताको जनलहरले एमालेको जितलाई झनै सुनिश्चित गरेको रानाले बताए । यो उत्साह बैशाख ३० गतेसम्म कायम राखी नेकपा एमालेका नगर देखि वडासम्म सम्पुर्ण उम्मेदवारलाई भारी मतले विजयी गराउन रानाले आग्रह समेत गरेका छन ।