वामदेवले लेखे नेकपा एसको चुनावी गीत-जनता जगाउने कलममा छाप लगाउने

वामदेवले लेखे नेकपा एसको चुनावी गीत-जनता जगाउने कलममा छाप लगाउने

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एस) का लागि चुनावी गीत लेखेका छन् । नेकपा (एस) को चुनाव चिह्न कलममा भोट हाल्न अपिल गरिएको गीतको शब्द गौतमले लेखेका हुन् । 

जुन गीत युट्युबमार्फत आज सार्वजनिक गरिएको छ । मुस्लिम इतेहात संगठन नेपालको प्रस्तुति रहेको गीतको बोल ‘जनता जगाउने कलममा छाप लगाउने’ रहेको छ । 

यसमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर छ । संगीत कृष्ण केसीको रहेको छ । कतै नखुलेका वामदेवले यो चुनावी गीत लेख्नुलाई उनी नेकपा (एस) तिर ढल्किएको हो कि भन्ने अनुमान लगाउन थालिएको छ ।