गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित वडाका उम्मेदवारलाई आलिताल ५ ध्याडीमा भव्य स्वागत

गाउँपालिका अध्यक्ष,उपाध्यक्ष सहित वडाका उम्मेदवारलाई आलिताल ५ ध्याडीमा भव्य स्वागत

डडेल्धुरा।नेपाली काङ्ग्रेस आलितालका उम्मेदवारहरुलाई स्थानीयले  भव्य स्वागत गरेका छ्न। आलिताल गाउँपालिका वडा नम्बर ५ ध्याडीमा त्यहाका स्थानीयले फुलमाला र रातो अबिर  लगाई गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बल बहादुर गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार जला कुमारी बिष्ट (बोगटि )लाई  जितको शुभकामना सहित स्थानीयले स्वागत गरेका हुन। साथै वडा नम्बर ५ का वडा अध्यक्ष उम्मेदवार चन्द्र बहादुर बिष्ट, खुला महिला सदस्य पदका उम्मेदवार कलावती नाथ,दलित महिला सदस्य लक्ष्मी रैकाल र खुला सदस्य दल बहादुर सिल्ला लाई जितको शुभकामना सहित स्वागत गरेका हुन।

गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गुरुङले त्यहाका जनताका समस्याहरु चाडो भन्दा चाडो  सम्बोधन हुने बाचा गरेका छ्न। उक्त स्वागत कार्यक्रममा स्थानियहरुले आफ्ना समस्याहरु समेत राखेका थिए। स्थानीयहरुले खानेपानी, सडक स्तरोन्नति र सिंचाईको प्रमुख समस्या रहेको बताएका थिए। अध्यक्ष पदका उम्मेदवार  गुरुङले आफु जितेर आएको एक वर्ष भित्रै मुख्य यी तीन समस्याहरु समाधान गर्ने बाचा गरेका छ्न। 
 
नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता सहित अध्यक्ष पदका उम्मेदवार गुरुङ आसन्न निर्वाचनका लागि घरदैलो अभियानमा छ्न।