नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ८२१ नमूनाको परीक्षण हुँदा बुधबार १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा २ हजार ३७३ जनाको पीसीआर र १ हजार ४४८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । पीसीआर परीक्षणबाट १९ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेन परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल २१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।