चन्दको प्रतिबद्धता : 'जनमुखी स्थानीय सरकार, विकास र सम्बृद्धिको आधार'

चन्दको प्रतिबद्धता : 'जनमुखी स्थानीय सरकार, विकास र सम्बृद्धिको आधार'

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढी उप-महानगरपालिका वडा नं. ३ मा नेकपा एकका तर्फबाट अध्यक्ष पदका उम्मेदवार ओमविक्रम चन्दले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । चन्दले जनता माझ विभिन्न १९ शीर्षकमा प्रतिबद्धता जनाउँदै विजयी भए पाँच वर्षमा उल्लेखित सबैका गर्ने प्रतिबद्धता जनाएका हुन् । 

 चन्दले जनतामाझ गरेका १९ शीर्षक सहितको प्रतिबद्धता पत्र जस्ताको त्यस्तै:

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) धनगढी उप-महानगरपालिका वडा नं. ३ स्थानिय तह निर्वाचन, २०७९ चुनाव चिन्ह कलम लम चिन्ह लिएर आदरणीय वडा नं. ३ बासी आमाबुवा, दिदीबहिनी, दाजुभाईहरू, यहि २०७९ वैशाख ३० गते सम्पन्न हुन गैरहेको स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) को तर्फबाट वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदका उम्मेदवारहरुलाई कलम चिन्हमा मदतान गरि बिजय गराईदिन हुन हार्दिक अनुरोध गर्दछौं।

हाम्रा प्रतिबद्धताहरू :

१. योजना निर्माण: 
वडाको अवस्था र आवश्यक्ताको पहिचान गरी पंच वर्षीय योजना निर्माण गरि कार्यान्वयन गरीनेछ ।

२. पाँच बर्ष भित्र वडालाई लागूऔषध मुक्त वडाको रुपमा स्थापित गरिनेछ ।

३. छाडा पशु चौपायको उचित व्यवस्थापन गरिनेछ । बडा भित्र रहेको गौशालालाई व्यवस्थित र उत्पादनमूलक बनाउन हरेक बर्ष बजेट बिनियोजन गरिनेछ ।

४. जनताको अधिकारः निःशुल्क स्वास्थ्योपचार: 
+ वडाको बजेट बिनियोजन गर्दा स्वास्थ्य उपचारलाई एक नम्बरमा राखिने छ ।

+ स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधि, उपकरण र जनशक्तिको व्यवस्था गरि वडा बासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिनेछ । आकस्मिक स्वास्थ्य सेवाका लागि वडामा एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ ।

+ स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ । ५. शिक्षामा सुधार प्रगतिको आधार:

+ सामुदायिक वा सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार गरिनेछ, सामुदायिक विद्यालयलाई बिद्यार्थी र अभिभावकका लागि आर्कषणयुक्त बनाइनेछ।

+ गरिव तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्रवृतिको ब्यबस्था गरिनेछ ।

+ कृषि, स्वास्थ्य, प्रबिधिमा उच्च शिक्षा हासिल गर्न गरिव तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्रवृति र सहयोगको ब्यवस्था गरिनेछ ।

६. स्वच्छ खानेपानी

+ “एक घर एक धारा, पुर्ण सरसफाई हाम्रो अभिभारा" भन्ने नाराका साथ खानेपानि र सरसफाई जस्तो जनताको आधारभूत आवश्यक्तालाई पुरा गरिनेछ । 
+ बिपन्न समुदायमा निःशुल्क खानेपनी ब्यवस्थाका लागि पहल गरिनेछ। 

७. उद्यमशिलता विकासका लागि विशेष योजना

+ बजारको माग अनुसारका दक्ष जनशक्ति उत्पादनका लागि विशेष योजना बनाई बिभिन्न सिपमूलक तालिमहरु संचालन गरि स्वारोजगारी सिर्जना गरिनेछ । तालिममा यूवा तथा बिपन्न बर्गलाई प्राथमिकता दिइनेछ । 

८. खेलकुद, सम्मान र पुरस्कारको व्यवस्था

+ युवाहरुको शारिरिक र मानसिक विकासका लागि खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना गरिनेछ । 

+ वडा भित्रको सार्वजनिक स्थानमा साना खेल मैदानहरुको निर्माण र संरक्षण गरिनेछ ।

+ फाप्ला क्रिकेट मैदानको यथासक्य चाडो निर्माणका लागि आवश्यक पहल गरिनेछ। 

+ वडामा स्थायी बसोबास भएका खेलाडीहरु मध्ये राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई निश्चित रकम पुरस्कार सहित कदर पत्र प्रदान गरिनेछ ।

९. पार्क र सडकहरूमा फलफुलका बिरुवा 
+ वडा भित्र उपलब्ध सार्वजनिक स्थानमा पार्क (बगैचा) निर्माण गरिनेछ ।

+ वडा भित्रका सडकहरुको दाया बाया समुदायको सहभागितामा फल फुलका बिरुवा रोपी सौन्दर्य बढाउने र तिनको संरक्षण गर्ने।

१०. पुस्तकालयः

पठन पाठनको संस्कृति विकास गर्न समुदायको सहभागितामा सुबिधा सम्पन्न पुस्तकालयको स्थापना गर्न योजना निर्माण गरि कार्यान्वयन गरिनेछ ।

११. बालबालिकाहरूका लागि विशेष कार्यक्रम 

+ हरेक टोलमा बाल स्याहार केन्द्रको स्थापना गरिनेछ । यसबाट काममा जाने श्रमिक वर्गलाई विशेष मद्दत पुग्नेछ ।

+ अभिभावक गुमाएका बालबालिकाको भरणपोषण, संरक्षण र अध्ययनमा सहयोग पुयाउन बाल संरक्षण कोष स्थापना गरिनेछ ।

+ वडालाई बाल श्रममुक्त बनाउन विशेष जोड दिइनेछ। 

+ बाल उद्यान निर्माणका लागि ब्यवस्थित योजना निर्माण गरिनेछ ।

१२. ज्येष्ठ नागरिको सम्मान समुदायको ज्ञान

+ जेष्ठ नागरिक हाम्रो समाजका सम्मानित नागरिक हुन। बिभिन्न दिवस तथा पर्बहरुमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ ।

+ जेष्ठ नागरिकहरुलाई विभिन्न धार्मिक, पर्यटकिय र मनोरम स्थानहरुको भ्रमणका लागि प्रत्येक वर्ष जेष्ठ नागरिक देशदर्शन कार्यक्रम संचालन गरिनेछ ।

१३. महिलाको हित घरपरिवार सुरक्षित

+ महिला माथिको बिभेद र अपमान तथा महिला हिंसा अन्त गर्न र महिलालाई समान अधिकार, सम्मान र अवसरमा  प्राथमिकता दिइनेछ ।

+ समाजिक कलङ्कका रुपमा रहेका बोक्सी, छाउपडी लगाएतका कुप्रथाहरुको सामूल नष्ट गर्न सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । 

+ महिला अधिकार संरक्षण समिति गठन गरि उनिहरुको अगुवाईमा सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ ।

+ महिलाहरुको आर्थिक सशक्तिरणका लागि आवश्यक्ताका आधारमा विभिन्न सिपमूलक तालिमहरु संचालन गरिनेछ ।

१४. इन्टरनेट नपुगेको समुदाय र बस्तीमा निःशुल्क इन्टरनेटको व्यवस्था गरिनेछ ।

१५. भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास

+ भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक पहल र पैरवि गरिनेछ ।

१६. बिपद व्यवस्थापन:

+ वडाको संकटासन्नता तथा क्षमता विश्लेषण गरि बिपद् पूर्वतयारी तथा प्रतिकार्यको योजना बनाई कार्यान्वयन गरिनेछ । 

+ मोहना नदिमा ब्यवस्थित तटबन्ध निर्माणका लागि माथिल्लो तहका सरकारहरुसंग पैरवि गर्ने ।

+ डुवानको समस्या समाधान गर्न वडा भित्रका सबै सडकमा व्यवस्थित नालाको निर्माण र ढलको व्यवस्थापन गरिनेछ । 

१७. आधुनिक प्रविधिको प्रयोग :

+ वडा सरकारका सम्पूर्ण कार्यलाई प्रविधि मैत्री बनाइनेछ ।

+ वडाले प्रदान गर्ने बिभिन्न सेवाका लागि आवश्य निबेदनका लागि बडा एपको बिकास गरि प्रयोगमा ल्याइनेछ । 

+ वडा बाट गरिने ठेका पट्टाका कार्यहरुलाई ईबिडिङबाट टैन्डर भर्ने व्यवस्था गरिनेछ । 
१८. वडा भित्र रहेका विभिन्न धार्मीक स्थलहरुलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरु योजना निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ ।

१९. वडा भित्रका मुख्य मुख्य चोकमा सोलार बत्तीको व्यवस्था गरिनेछ ।