चुनावले छोएन सुदूरपश्चिमेलीहरु लाई, रोजगारीकै लागि दैनिक सयौँको संख्यामा भारत भासिँदै

चुनावले छोएन सुदूरपश्चिमेलीहरु लाई, रोजगारीकै लागि दैनिक सयौँको संख्यामा भारत भासिँदै

धनगढी । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै  भारत जाने नेपाली नागरीहरूको ओइरो नै लागेको छ । आर्थिक स्थिति कमजोर भएका कारणले दैनिकीको जोहो गर्न यति बेला कैलालीको त्रिनगर भन्सार, गौरीफण्टा नाकामा भारत जानेहरूको सङ्ख्या दैनिक सयौँको छ । 

नेपालमा रोजगारी छैन भन्दै दैनिक रूपमा संयौ नागरिकहरू भारतको भरमा श्रम गर्न जाने गरेका छन् । स्थानीय सरकार, घर(घरमा सिंह दवार आयो तर जनताका गुनासा र समस्याहरूलाई अनदेखा गरेकोले भारत जाने नेपालीहरूको दुखेसो छ ।  उनीहरू आफ्ना दुख र पिडा साथमै लिएर मन भारी बनाउँदै जन्मभूमिलाई पछि पारी बिरानो भूमिमा पाइला टेकी पसिना बगाउन बाध्य छन् अर्काको भूमिमा । 

यही वैशाख महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिएता पनि सुदूरपश्चिम बासी भने भारत जान लाइनमा छन् । पाँच वर्षको अवधिमा केही प्रतिशत पनि अन्य देशमा लेबरी गर्नेहरूको सङ्ख्यामा स्थानीय सरकाले कमी ल्याउन नसकेको अछामका भरत ढोलीको भनाई छ । ''सरकाले यहीँ नेपालमै केही रोजगारी दिएको भए जाँदैन थियौ ।  धारत गएर महिनामा २५ देखी ३० हजार कमाउँछु । यता १०-१५ हजार पाए भने पनि यतै काम गर्ने थिए । तर तो अवस्था यहाँ छैन । त्यसैले चुनाव आए पनि जाँदै छौँ । जस्तो भोट दिएर पनि काम गर्ने केही हैनन् । खाल्डा खुल्डि भएको बाटो त मर्मत गर्न सक्दैनन् ।'' उनले भने ।

भारत जाने नागरिकहरूमा युवा, युवती देखी वृद्ध अवस्थाका नागरिकहरू रहेका छन् । नेपालमा रोजगारी नमिल्दा बाध्य भएर पराई मुलुकमा जानु परेको उनीहरूको गुनासो छ । चुनावको प्रचारप्रसारमा यती बेला उम्मेदवार मात्रै हैन देश नै चुनाव मय भएको छ । तर चुनावी माहौल लाई बेवास्ता गर्दै सुदूरपश्चिमेलीहरु दैनिक भारत गई रहेका छन् । 

प्रत्येक टोल र बस्तीमा रोजगारी दिन्छु, स्वास्थ्य, शिक्षा, यातायात लगायता अन्य सेवा सुविधाको व्यवस्था गर्छौँ भन्ने लोभ देखाई भोट हाल्न बाध्य बनाउँछन् । तर अन्त्यमा जितिसकेपछि आफूहरूलाई चिन्नै  छोड्ने र नमस्कार समेत नफर्काउने प्रवृत्ति भोगी सकेकाले अब भने आफूहरू सरकारको भरमा नपरी पेट पाल्नकै लागी अन्य देशको भरमा हानेको कैलालीका मदन राज ओझाको भनाई छ ।

''प्रदेशका मुख्य मन्त्री पनि अर्काको देशमा काम गरेर दुख देखेका व्यक्ति थिए । तर पदमा पुगेपछि विगतका याद र भोगाई बिर्सेर जनताका पिडा ब्युँझेनन् । तिनले जनताका पक्षमा काम नगरेको देख्दा झन् मन मर्‍यो । मुख्यमन्त्रीले न मन मारे । अब अरू त्यो भन्दा सहज जीवन बिताएकाहरू बाट के आस गर्नु । अहिले मुख्यमन्त्री भारतमा काम गरेका थिए पहिले कसैले नभनि दिए हुने थियो । भन्ठान्छन् । अपेक्षा हेर्नुस् । यो पदमा पुगे पछि । भोट दिन लायक पालिकामा पनि कोही उठेको छैन । अनि भारत नगएर के गर्नु । आत्म सन्तुष्टि नहुने भोट हाल्नु पर्ने बाध्यताबाट पनि मुक्ति खोजेको ।'' उनले भने ।

जनताको एक भोटले गर्दा आफ्नो पद जोगाउने नेताहरू आफूले गरेका प्रतिबद्धतालाई भुल्ने गरेको सिमानाकामा भारत भासिनेहरूको भनाई छ । 

यस्तै, चुनाव नजिकिँदै गएको भए पनि दैनिक (२४ घण्टामा) ५ सय देखी ६ सयको हराहरीमा गौरीफण्टा नाकाबाट नेपालीहरू भारत गइरहेको त्रिनगर हेल्थ डेस्कमा इन्चार्जको भूमिका निर्वाह गरिरहेका गणेश ब. साउँदले सुनाए । अहिले भारत जानेको सङ्ख्या बढी भए पनि त्यही हाराहरिमा स्वदेश भित्रिरहेको साउँदले बताए ।

''अलिले दैनिक जसो भारत जानेहरूको सङ्ख्या बढी नै छ फर्किनेको भन्दा, हामीले अहिले निर्वाचन मुखैमा छोडेर किन जानुहुन्छ । अहिले भोट हाल्नुस् । नयाँ जनप्रतिनिधि छान्नुस्। भनी सम्झाई बुझाई पनि गछौं । तर उहाँहरूको ठाडो जवाफ हुन्छ । हामीलाई सरकारले के हेरेको छ ? हामी किन भोट हाल्ने ? यहाँ हाम्रा समस्या हामी सँगै छन् । भनी सुनाउनु हुन्छ । नागरिक त्यति सन्तुष्ट कोही पनि देखिनु हुन्न ।'' उनले भने ।