रोजगारीका लागी भारतमा रहेका सबै सुदूरपश्चिमेलीहरुलाई प्रदेश सरकारले रोजगारी दिन सक्दैन: राज्यमन्त्री रैका

रोजगारीका लागी भारतमा रहेका सबै सुदूरपश्चिमेलीहरुलाई प्रदेश सरकारले रोजगारी दिन सक्दैन: राज्यमन्त्री रैका

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक ब. रैका आउजीले प्रदेश सरकारले रोजगारीका शिलसिलामा भारतमा रहेका सबै सुदूरपश्चिमेली नागरिकहरूलाई रोजगारी दिन नसक्ने बताएका छन् ।  बिहीबार धनगढीमा मानव अधिकार आयोगले भारतमा श्रम गर्न जाने नेपाली श्रमिकको मानव अधिकारको अवस्थाको बारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रैकाले सो कुरा बताएा हुन् । 

“सुदूरपश्चिमका भारत गएका अभिकांस मानीष भारतमा छन् । प्रदेश सरकारले ति सबै नागरिकलाई रोजगारी दिन सक्दैन । अहिले पुरुष मात्र नभई महिलाहरु समेत रोजगारकालागी भारत गएका छन् । बरु प्रदेश सरकारले स्थानीय सरकार सँग समन्वय गरेर तथ्याङ्क संकलन गर्न सकिन्छ । कुन स्थानीय तह बाट को कहाँ गएका छन् विस्तृतमा ।” उनले भने । 

यस्तै, राज्यमन्त्री रैकाले ठुलो सङ्ख्यमा सुदूरपश्चिमेलीहरु भरतमा रहेको र आफ्नो गाउँ टोल तथा परिवारका व्यक्तिहरू समेत विभिन्न समयमा भारतमा काम गर्न जानु पर्ने बाध्यता रहेको सुनाउँदै आफूले जिम्मेवारी सम्हाली सकेपश्चात् अघिल्लो राज्यमन्त्रीले गरेका गल्तीहरू सुधार्न लागि परेको र प्रदेश सरकारले क्षमताले भ्याए सम्म अबको आफ्नो बाँकी कार्यकालमा नीतिगत कुराहरू र रोजगारीका सवालमा काम गर्ने बताए ।

उनले “पहिलेको मन्त्री ज्युले गरेका कामहरू कटौती गरेका विभिन्न कार्य योजना तथा जनताका सुविधाका कुराहरू सुधार्ने पुनर्जीवित गर्ने कामहरू अघि बढाएको छु । आफू पदमा हुँदा कानुन निर्माण, रोजगारी, तथ्यगत व्यवस्थापनका लागी मुख्य न्यायधिवक्ता र म दुवै भाइ लागेर प्रदेश सरकारको क्षमताअनुसार काम गर्ने विश्वास व्यक्त गर्द छु ।” उनले भने ।