जिम्बावे ‘ए’लाई नेपालले दियो १३७ रनको सामान्य लक्ष्य

जिम्बावे ‘ए’लाई नेपालले दियो १३७ रनको सामान्य लक्ष्य

जिम्बाबे ए सँगको एक दिवसीय अभ्यास खेलमा नेपालले पाहुना टोली सामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ३१ दशमलव ३ ओभरमा १ सय ३६ रन जोड्दा अलआउट भयो। 

ओपनर कुशल भुर्तेल १९ र आशिफ शेख ५ रनमा पवेलियन फर्के। घरेलु टोलीका लागि सोमपाल कामीले बनाएको ३० रन नै सर्वाधिक रह्यो।

दिपेन्द्र सिंह ऐरीले १८, करण केसीले २५ रन जोडे। जिम्बाबेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट झारे। ब्रान्डन माभुता, केफास झुवाओ र भिक्टर न्याउचीले समान २ विकेट लिए।