९२ लाख ८० हजार डलरमा बिक्यो म्याराडोनाको जर्सी

९२ लाख ८० हजार डलरमा बिक्यो म्याराडोनाको जर्सी

विश्व फुटबलका सर्वकालीन महान हस्ती डिएगो म्याराडोनाको जर्सी मंहगो मूल्यमा लिलाम भएको छ। म्यारोडोनाले सन् १९८६ मा विश्वकपमा लगाएको जर्सी किर्तिमानी रकममा लिलामी भएको हो।

लन्डनमा भएको अक्सनमा म्याराडोनाको जर्सी ९२ लाख ८० हजार डलरमा बिक्री भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

जर्सी खरिदकर्ताको नाम भने गोप्य राखिएको छ। मेक्सिकोमा सन् १९८६ को जुन २२ मा इंग्ल्याण्ड र अर्जेटिनाबीचको विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले सोही जर्सीमा हातले गोल गरेका थिए। जुन गोललाई ‘ह्याण्ड अफ गड’ पनि भनिन्छ। 

म्याराडोनाको दुई वर्षअघि निधन भएको थियो।