डिलाशैनीमा चुनावी सरगर्मी बढ्यो, उम्मेदवार घर दैलो अभियानमा व्यस्त

डिलाशैनीमा चुनावी सरगर्मी बढ्यो, उम्मेदवार घर दैलो अभियानमा व्यस्त

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकामा राजनीति चुनावी सरगर्मी बढेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावको चहलपहल गाउँ टोल टोलमा बढ्न थालेको हो । प्रमुख दलका नेता देखि स्थानीय तहका नेताहरू चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेदवार घर दैलो अभियानमा व्यस्त छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा डिलाशैनिका युवा नेता लोकेन्द्र राना सितल घर दैलोमा पुगेर अहोरात्र खटेर व्यस्त भएका छन् । एकीकृत नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसवाट डिलाशैनी गाउँपालिका अध्यक्ष पदमा नाम सिफारिस भएका राना  डिलाशैनीमा बाम लोकतान्त्रिक गठबन्धनबाट आफूलाई विजयी गराउन लागि परेका छन् ।

राना घर दैलो कार्यक्रम अन्तर्गत मठैराज, धामी गाउँ, नानरा, नेगाउ, सौनगाउ, पुजरिगाउ,लगाएत डिलाशैनी गाउँ पालिकाका ७ ओटै वडाका टोल टोलमा पुगेका छन् । यस्तै बाम लोकतान्त्रिक गठबन्धनको चुनावी आम सभा डिलाशैनी गाउँपालिकाको वडा नम्बर ७ मा हुँदै छ । चुनावी आम सभामा स्थानीय कलाकार सहित राष्ट्रिय कलाकारहरुको उपस्थिति हुने नेकपा माओवादी केन्द्रका डिलासैनी गाउँपालिका सचिव तिलक बहादुर मालले जानकारी दिए ।

चुनावी सभामा डिलाशैनीका सम्पूर्ण बासिन्दा लाई उपस्थित हुन डिलाशैनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना सितलले सम्पूर्णमा आग्रह गरे । डिलाशैनिमा लोकेन्द्र राना सितल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार हुन ।