नेपालमा थप १५ जनामा कोरोना संक्रमण, २१५ जना सक्रिय संक्रमित

नेपालमा थप १५ जनामा कोरोना संक्रमण, २१५ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २१३ होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।