धनगढीमा एमाले उम्मेदवार नगर बासीको घरदैलोमा: भन्छन्, 'जनता सूर्यमा भोट दिन आतुर छन्'

धनगढीमा एमाले उम्मेदवार नगर बासीको घरदैलोमा: भन्छन्, 'जनता सूर्यमा भोट दिन आतुर छन्'

धनगढी । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमाले धनगढीले चुनावी कार्यक्रमहरू मा निकै सक्रिय भएर लागेको छ । धनगढीका सबै वडामा मीत्रवत प्रतिस्पर्धा र पालिका प्रमुखमा  गठबन्धन दल विरुद्ध एक्लै  लडिरहेको एमालेले आफ्नो चुनावी प्रचार प्रसार कार्यमा तीव्रता दिएको हो । 

एमालेका तर्फबाट धनगढी उप-महानगरपालिका प्रमुखमा रण ब. चन्द र उप-प्रमुखमा चन्द्रकला राना रहेका छन् । भने १९ ओटै वडामा एमाले आफ्नै बलबुतामा अन्य मित्रवत् प्रतिश प्रर्धा गरिरहेका दलहरू विरुद्ध खरो भएर लागेको छ । धनगढीको हकमा । 

निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरे यता उपमहानगरका प्रमुख, उप-प्रमुख पदका उम्मेदवार, वडा अध्यक्ष र सदस्यहरू एवम् एमाले समर्थक धनगढी वासिले सूर्य चिन्हमा भोट दिन आग्रह गर्दै घरदैलो अभियानलाई अझ बढी प्राथमिकता दिएका छन् । 

यसै बिच प्रचारप्रसारका क्रममा नगर बासीले पाँच वर्ष पहिले चुनाव जितेका नेपाली काँग्रेसका नेता , मेयर उप-मेयरहरू कोही पनि नफर्किएको र आफ्ना समस्याहरू पनि उस्तै रहेको गुनासो गर्दै नागरिकहरूले आफ्ना समस्या समाधान गर्ने पार्टी एमाले नै भएको र उनीहरूले आफूहरू एमालेको साथमा रहेको बताउनुका साथै जितका लागी आर्सीवाद समेत दिएको एमालेका तर्फबाट उप-मेयर पदकी उम्मेदवार चन्द्रकला रानाले बताइन् । 

''जनताको घर,घरमा पुगिरहेका छौँ । उहाँका समस्या के-के छन् सबै बुझी पनि रहेका छौँ । ताकी जिती सकेपश्चात् समाधान गर्न सजिलो होस् । यहाँका नागरिकले पहिलेको काँग्रेसका तर्फबाट जितेका प्रतिनिधिहरूले केही काम नगरेको र जीते पछि गाउँ नफर्केको समेत गुनासो गरेका छन् । उहाँहरूले आफूहरू एमालेको पक्षमा रहेको र जीतका लागी हामीलाई आर्सीवाद समेत दिनुभएको छ । उहाँहरूका समस्या समाधान गर्ने जिम्मेवारी हामीले लिएका छौँ । भोट दिएर जिताउनु हुने छ । भन्नेमा पति विश्वस्त छौँ ।'' उनले भनिन् । 

यस्तै, नगर बासीको घर/घरमै पुगेर आफ्नो टिमलाई नगर भरिनै बहुमतले विजयी गराउन आग्रह गरिरहेका धनगढीका शालीन नेता एमालेका तर्फबाट धनगढी उप-महानगरको (प्रमुख) मेयर पदका उम्मेदवार रण ब. चन्दले यो भन्दा पहिलेको सरकारले काम नगरेकोले उहाँहरू दिक्क हुनुभएको छ । यद्धपी हामीले काम गर्ने छौँ भन्नेमा पनि विश्वास व्यक्त गर्नुभएको कारण र नगर बासीको उत्साहजनक प्रतिक्रियाका कारण जित सुनिश्चित भएको दाबी गरे । 

''पहिलेको सरकारले काम नगर्दा नगरवासी दिक्क भएका छन् । भने हामीले जीतेमा उत्तिकै काम गर्नेमा विश्वस्त पनि हुनु हुन्छ । हो हामी विजयी भएमा उहाँहरू सँग गरेका बाच साँचिक्कै पुरा गर्ने छौँ । धोका दिने छैनौ । बिर्सिने छैनौँ । उहाँहरूले एमालेको सूर्य चिन्हमै घोट हाल्छौँ भनी आतुर देखिनु हुन्छ । यस कारण हाम्रो जित हुनेमा म सहित हाम्रो टिम विश्वस्त छ ।'' उनले भने । 

यस धनगढी उप-महानगरपालिकामा प्रमुखका लागि सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रणबहादुर चन्द, राष्ट्रिय जनता पार्टीका कवीन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्त विश्वकर्मा चुनावी मैदानमा उत्रिएका छन् । भने, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, सचेत नेपाली पार्टीका भारती थापासहित स्वतन्त्रबाट गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्त चुनावी मैदानमा रहेका छन् ।