कैलाली जिल्लाभर मङ्गलवार रातिदेखि मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न नपाइने

कैलाली जिल्लाभर मङ्गलवार रातिदेखि मादक पदार्थ सेवन तथा बिक्री वितरण गर्न नपाइने

धनगढी । कैलालीमा (मङ्गलवार) आज रातिदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरण गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले गत शनिवार एक सूचना जारी गर्दै निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण निषेध गरिने जानकारी दिइसकेको थियो ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिन लागकको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिनेसमेत जनाएको छ ।