कैलारी पुगेका प्रचण्डले बागी उम्मेदवारलाई भोट माग्दै भने, 'गठबन्धन अझै क्लियर भएको मैले देखिन'

कैलारी पुगेका प्रचण्डले बागी उम्मेदवारलाई भोट माग्दै भने, 'गठबन्धन अझै क्लियर भएको मैले देखिन'

कैलाली। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन्।

आइतवार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको भनेर आशंका व्यक्त गरेका हुन्।

प्रचण्डले भने, अझै पनी मैले गठबन्धन क्लियर भएको मेले देखीन,यहाँ जती पनी हाम्रो पार्टिका उमेदवार हुनुहुन्छ जुनसुकै रुपमा भएपनी हाम्रो पार्टिका उमेदवारलाई अत्याधिक मतले जिताउन म अपिल गर्दछु।

‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो। म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौँ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ ।  हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु। हाम्रा लागि धोका बेइमानी र षड्यन्त्र स्वीकार्य छैन।’ हामी एक्ले आफ्नो खुट्टा अभिएर चुनाब लड्न तयार छौँ भनेर मात्र बिजय हासील गर्न सक्छौँ उनले भने। त्यस्तै, उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन अपिल समेत गरे।

कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने सहमति भएको थियो । तर कांग्रेसले अध्यक्षमा बागी उम्मेदवारी दिन लगाएको छ ।गठबन्धनको सहमति तोड्दै काँग्रेसले त्यहाँ अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी दर्ता गराएको थियो भने माओवादी केन्द्रले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षमा उठाएको थियो।

काँग्रेस र माओवादीले आग्रह गर्दा पनि चौधरी र थारुले उम्मेदवारी फिर्ता नलिएपछि १९ गते गठबन्धनले सयुक्त विज्ञप्ती जारी गर्दै दुबै उम्मेदवारलाई कार्बाही गरेको जनाएको थियो। माओवादी केन्द्र अध्यक्ष आइतवार धनगढीपुगेका थिए। आज उनले कैलालीको कैलारी गाउँपालिका, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।