जित-हार जे सुकै होस,जनताको सेवा गर्न सधै तयार छु:वडा अध्यक्षका उम्मेदवार जोशी

जित-हार जे सुकै होस,जनताको सेवा गर्न सधै तयार छु:वडा अध्यक्षका उम्मेदवार जोशी

डडेल्धुरा । परशुराम नगरपालिका ८ का वडा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद जोशीले निर्वाचनमा जित-हार जे सुकै भएपनि जनताको सेवामा सधै तयार रहको बताएका छ्न। यहि बैशाख ३० गते हुने निर्वाचनमा जोशी वडा अध्यक्ष पदका उम्मेदवार रहेका छ्न। नेपाली काङ्ग्रेस परशुराम नगरपालिका ८ का सभापति एवं  परशुराम पोलिक्लिनिकका संचालक समेत रहेका उम्मेदवार जोशीले वडाको चौतर्फी विकासका लागि आफू सदैब तत्पर रहेको बताए। उनले वडा भित्र संचालनमा रहेका विद्यालयहरुमा बिद्यालयको उचित व्यवस्थापनका लागि भौतिक सुधार जस्तै खेल मैदान,खानेपानी,पुस्तकालय तथा विद्यालयमा आवश्यक दरबन्दीका लागि पहल गर्ने समेत बाचा गरेका छ्न। उनले भनेका छ्न;"म जनताको सेवक हुँ। मलाई जनताको सेवा गर्न कुनै पद नै चाहिन्छ भन्ने होइन तर चौतर्फी बढेको भ्रष्टाचार र बिसंगती रोकेर जनताले तिरेको करलाई व्यवस्थित तरिकाले सदुपयोग गरि जनताकै हकहितका लागि काम गर्न राजनीतिमा होमिएको हुँ।"
 उनले  आफुले वडाको नेतृत्व पाए वडा भित्र रहेका गरिब जेहेन्दार तथा मेहनती १० जना बिद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत गर्ने बताए।
 परशुराम पोलिक्लिनिकका संचालक समेत रहेका उनले आफ्नो वडामा वर्षको दुई पटक नि:शुल्क स्वास्थ्य शिविर राख्ने बताएका छ्न।
उनले 'एक घर,एक धारा'अवधारणालाई लागू गर्न पहल गर्ने समेत प्रतिबद्धता गरेका छ्न।यसै गरि डेबरी खोला र करेली खोलामा मोटरेवल पुलका लागि समेत पहल गर्ने प्रतिबद्धता गरेका छ्न।

यसै गरि बिधुत नपुगेका ठाउँमा बिधुतिकरण गर्ने र केन्द्रीय प्रसारण लाईन संग जोडि साना तथा मझौला उधोगहरु संचालनका लागि सहजिकरण गर्ने उनले बताए।
कृषिलाई आधुनिकीकरण गरि 'एक घर,एक रोजगार'को व्यवस्था गर्ने उनको योजना रहेको छ।किसानको सहजीकरणका लागि वडामै कृषि प्राविधिक नियुक्ति गर्ने समेत उनको योजना रहेको छ।
यस्तै भुमिहिन किसानका लागि भुमी र उचित,व्यवस्थित बसोबासका लागि आवश्यक पहल गर्ने उनले बताए।