दार्चुलामा एक युवक मृत फेला

दार्चुलामा एक युवक मृत फेला

दार्चुला :  दार्चुलामा एक जना युवक मृत फेला परेका छन। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर  नम्बर २ हिकिला बस्ने २२ वर्षिया अमिर पार्की रहेका छन्।

होली मनाउन भारत बाट घर आउने क्रममा बुधबार राति साढे ८ बजेतिर तिंकर सडक अन्तरर्गत पर्ने मन्तड भन्ने ठाउँ बाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिए।

प्रहरी निरिक्षक कठायतको टोली बिहिवार  बिहान घटनास्थल पुगी मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।