काठमाडौं। नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गरेका गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङसँग तुलना गरेका थिए ।