डडेल्धुराको परशुराम पुगेका देउवाले जङ्गिँदै भने,'रुख हो रुख,कसैको मुख हेर्ने हैन,रुख हेर्ने हो'

डडेल्धुराको परशुराम पुगेका देउवाले जङ्गिँदै भने,'रुख हो रुख,कसैको मुख हेर्ने हैन,रुख हेर्ने हो'

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैको मुख नहेरेर रुखमा भोट हाल्न निर्देशन दिएका छन् । गृह जिल्ला डडेल्धुराको परशुराममा आयोजित चुनावी सँभालाइ सम्बोधन गर्दै देउवाले आफ्नो पार्टीका आधिकारिक उम्मेदवारहरूलाई भोट हाल्न भन्दै यस्तो निर्देशन दिएका हुन् ।  

परशुराममा आयोजित चुनावी भेलालाई सम्बोधन गदै देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कसैका हल्ला पट्टि नलाग्न आग्रह गर्दै काँग्रेसको आधिकारिक उम्मेदवार रुख चुनाव चिन्ह पाएका उम्मेदवारलाई भोट मागेका छन् । ''कसैका हल्ला पछि नलाग्नुस्, हाम्रो जिल्लामा निकै हल्ला हुँदै छ । काँग्रेसका उम्मेदवार भनेका जसले रुख चिन्ह पाएका छन् ती नै हुन् ।  रुख हो रुख, कसैको मुख हेर्ने हैन, रुख हेर्ने हो ।''  देउवाले भने । 

त्यस्तै देउवाले महाकालीमा पुल बनाउनु पर्छ । भन्ने कुरा ठिक भएको बताउँदै परशुराम र पुर्णागिरि दर्शन गर्न आउन जाने व्यक्तिहरूका लागी सहजताका लागी महाकाली माथि पुल बनाउन भारतका प्रधानमन्त्री सँग जनकपुरमा हुने भेटमा कुरा राख्ने बताए । भने अन्य सिचाई लगायताका बहुमुखी क्याम्पसलाई बहु प्राविधिक शिक्षालय बनाउन सबै काम हुने आश्वासन दिएका छन् ।