अब गुगल ट्रान्सलेटमा सर्च गरेका कुरा, अकाउन्टको हिस्ट्रीमा सेभ हुने

अब गुगल ट्रान्सलेटमा सर्च गरेका कुरा, अकाउन्टको हिस्ट्रीमा सेभ हुने

अबदेखि गुगल ट्रान्सलेटबाट सर्च गरेका कुरा गुगल अकाउन्टको हिस्ट्रीमा सेभ हुने भएको छ ।

गुगलले आफ्ना ट्रान्सलेट प्रयोगकर्ताका लागि २०२० मा नै नीति परिवर्तन गर्ने घोषणा गरेपनि २०२२ मा मात्र कार्यान्वयनमा ल्याएको हो । यसका माध्यमबाट अब ट्रान्सलेटमा सर्च गरेका कुरा प्रयोगकर्ताले आफ्नो अकाउन्टको हिस्ट्रीमा देख्न सक्नेछन् ।

गुगल ट्रान्सलेट खोल्दा यदि तपाईंले पहिलो पेजमा देखिएको ब्याकअप टु ‘फलानो जिमेल डटकम’मा ट्याप गर्नुभयो भने तपाईंले विगतमा ट्रान्सलेट गरेका कुरा हिस्ट्रीमा गएर बस्छन् ।

त्यसपछि तपाईंले जति पनि टेक्स्ट ट्रान्सलेट गर्नुभयो त्यो सबै हिस्ट्रीमा गएर बस्छन् ।