कैलालीमा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप

कैलालीमा एमाले र कांग्रेसका कार्यकर्ता बिच झडप

कैलाली । कैलालीको गोदावरी नगरपालिका – ६ मा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप भएको छ । बुधबार राती करिब ११ बजेको समयमा दुवै पक्षका कार्यकर्ताबिच झडप हुँदा ११ जना घाइते भएका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार झडपमा ६ जना एमालेका कार्यकर्ता र ५ जना कांग्रेसका कार्यकर्ता घाइते भएका छन ।

श्रोतका अनुसार एमाले वडा नम्बर १ अध्यक्षका उम्मेदवार शर्मानन्द भट्ट सहितको टोली राती वडा नम्बर ६ मा पुगेपछि झडप भएको हो । कांग्रेसका कार्यकर्ताले राती गाउँमा किन आएको भन्दा बादविवाद भएपछि झडप भएको थियो ।