कोरोना संक्रमण दर घटदो , पछिल्लो २४ घण्टामा देशभर ४ जना संक्रमित थपिए

कोरोना संक्रमण दर घटदो , पछिल्लो २४ घण्टामा देशभर ४ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर चारजना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो । 

आज १८ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ । 

आज २१ हजार १७९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।