बाजुरामा काँग्रेस र एमाले विच विवादः ढुंगा मुडा प्रहार, ४ मतदान केन्द्रमा हवाई फायर

बाजुरामा काँग्रेस र एमाले विच विवादः ढुंगा मुडा प्रहार,  ४ मतदान केन्द्रमा हवाई फायर

बाजुरा । बाजुरामा आज मतदानको दिन नेपाली काँग्रेस र नेकपा एमाले विच विवाद हुदा ढुंगा मुडा प्रहार भएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सोही भिडलाई नियन्त्रणमा लिन नसकिएपछि हवाई फायर गरिएको हो ।

जिल्लाको बुढीगंगा ९ मा दुई राउन्ड, सोहि नगरपालिका–१० सिगाडा माविमा रहेको मतदान केन्द्रमा १ राउन्ड हवाई फायर गरिएको बाजुरा प्रहरीले जनाएको छ ।

त्यस्तै बुढीनन्दा–९ र ८ मा पनि हवाई फायर भएको प्रहरीले जनाएको छ । अन्य कति वटा मतदान केन्द्रमा हवाइ फायर भएको भनेर विस्तृत जानकारीआउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले बताए ।