अब आउने सन्ततिलाई सुबिस्ता होला भन्दै धनगढीका १०३ वर्षीय दाहालले गरे मतदान

अब आउने सन्ततिलाई सुबिस्ता होला भन्दै धनगढीका १०३ वर्षीय दाहालले गरे मतदान

धनगढी । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत धनगढीका १०३ वर्षका वृद्धले मतदान गरेका छन् । उप-महानगरको वडा नं. ५ जाई दाहाल टोलका जनक लाल दाहालले १०३ वर्षको उमेरमा शुक्रवार मतदान गरेका हुन् । 

दाहालले धनगढी ५ पञ्चोदय मा.वि.मा रहेको मतदान केन्द्रबाट बिहान ०९ः३० बजेको समयमा मतदान गरेका हुन् । उनाइ मतदान गर्न उनका छोरा गणेश प्रसाद दाहालले सहयोग गरेका थिए । 

हिँडडुल गर्न पनि गाह्रो अवस्थामा रहेका १०३ वर्षीय दाहालले मतदान पश्चात् प्रतिक्रिया दिँदै भने, ''एकदमै खुसी भएर आए, आँखा, कान समेत सुन्न गाह्रो हुन्छ । आफू जीवनको उत्तरार्धमा भए पनि आउने सन्तानलाई राम्रो होला (सुबिस्ता) अर्थात् सुविधा होला भन्ने उद्देश्यले मतदान गर्न आएको हुँ ।'' उनले भने ।