धनगढीमा मतगणनाको थालनी गर्न माग गर्दै १२ बजे राती नाराबाजी

धनगढीमा मतगणनाको थालनी गर्न माग गर्दै १२ बजे राती नाराबाजी

धनगढी । धनगढीमा मतगणना सुरु गर्न माग गरिएको छ ।  युवाहरूले मतपेटिका सकै आइसकेको हुँदा राति नै मत गणना गर्न माग गर्दै नाराबाजी गरेका हुन् । 

उनीहरूले धनगढीलाई हराउन पाईदैन् । अहिले नै मतगणना गर्न सुरु गर । भोलि लाई कसले रोक्यो ?, भोट काउन्टिङ वीइ वान्ट, षडयन्त्र बन्द गर लगायतका नारा लगाउँदै राती १२ बजे राती मतगणना गर्न माग गरेका हुन् । 

उनिहरुले मत गणना गर्न तोकीएको स्थान धगढी उप-महानगरपालिका परिसर भित्रै मतगणना गर्नको लागी नाराबाजी गरे पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने एक सूचना जारी गर्दै शनिबार बिहान ७ः३० बजे सर्बदलीय बैठक बोलएर मात्रै मत गणना गर्ने जनाई सकेको छ ।