धनगढी । धनगढी उप-महानगरपालिकामा मतगणना गर्न माग गर्ने युवाहरू माथि प्रशासनले लाठी चार्ज गरेको छ । राति देखी नै मतगणना हुनु पर्छ भन्दै नारा बाजी गरिरहेका युवाहरूमाथि मतगणना गर्न तोकिएको स्थलमा मतपेटिकाको सुरक्षार्थ खटिएका प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीले एकसाथ लाठी चार्ज गरेका हुन् ।
प्रत्यक्ष दर्शी रोहीत चन्दका अनुसार युवाहरूले नाराबाजी गर्दै गर्दा एक्कासि प्रहरी प्रशासनले लाठी हात खुट्टा के-के सकिन्छ बल प्रयोग गर्न थालेका छन् । उनले थप्दै भने, 'यो प्रशासनको सरासर दमन हो ।'
अहिले धनगढी उप-महानगरको मतगणना गर्ने स्थलको स्थिति तनाव ग्रस्त भएको छ । घटना बारे थप बुझ्न जिल्ला पहरी कार्यालयमा सम्पर्क गर्दा टेलिफोन उठेन ।
युवाहरूको समूहले मतगणना गर्न यथाशीघ्र थालनी गर्न माग गर्दै १२ बजे राती नाराबाजी गरेका थिए ।