बाजुरा जिल्लाका दुई स्थानीय तहमा कर्फ्यु

बाजुरा जिल्लाका दुई स्थानीय तहमा कर्फ्यु

बाजुरा । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ। बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट जोगाउनका लागि कर्फ्यु आदेश जारी गरिएको कार्यालयले जनाएको छ।