किन सुरु भएन धनगढीको मतगणना ? अधिकृतको कमजोरी या फर्जी मतको धाँदली

किन सुरु भएन धनगढीको मतगणना ? अधिकृतको  कमजोरी या फर्जी मतको धाँदली

धनगढी । धनगढीमा सर्वदलीय बैठक सकिएको छ ।

हिजो भएको निर्वाचनमा धनगढीको ३ र ६ मा मतदान अधिकृतबाट भएको कमीकमजोरीकोबारेमा छानविन गरि कारबाही गरिने भएको छ । धनगढी ३ मा एउटा मत मतपेटिका भन्दा बहिर भेटिएको थियो । त्यस्तै ६ मा मतदाता जानुभन्दा पहिले नै नाम मा रेजा लगाएको भेटिएको थियो । यसका साथै दुई वटा वडामा फर्जी मत हालेर धाँदली गरेको समेत खुल्न आएको छ ।

यता वडानम्बर ३ र ६ मा मतदानका क्रममा खटिएका स्थानीय कर्मचारीहरूले बदमासी गरेर मतपेटिकामा फर्जी मत खसालेको आरोप लगाउँदै एमालेले  पुनः मतदानको माग गरेको छ ।