अछामको कमलबजार १० को वडाध्यक्षमा काँग्रेस विजयी

अछामको कमलबजार १० को वडाध्यक्षमा काँग्रेस विजयी

अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० घोडासैनमा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् । उनले ४ सय ६० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३ सय ३८ मत पाएका छन् ।

उनी यसअघि पनि सोही वडाबाट निर्वाचित भएका थिए । यो वडाबाट काँग्रेसका प्रमुख पदका उम्मेदवार ४ सय ५२ मत ल्याएर अगाडि छन् भने ४ सय १२ मत ल्याएर उपमेयरका उम्मेदवार पनि अगाडि रहेका छन् । मेयरका लागि एमाले उम्मेदवारले ३ सय ४६ मत पाउँदा उपमेयरले ३ सय ८५ मत प्राप्त गरेका छन् ।