मतगणना अपडेट : धनगढीमा स्वतन्त्रको निरन्तर अग्रता

मतगणना अपडेट : धनगढीमा स्वतन्त्रको निरन्तर अग्रता

धनगढी । धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ सय ३६ मत पाएका छन् ।

अहिले सम्मको २४ सय ५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले  ६ सय ९३ मत ल्याएका छन्।

यस्तै, एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत प्राप्त गरेका छन् । यस्तै छाताले १५ र ढकियाले ३ मत ल्याएका छन् ।

अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।