नतिजा सार्वजनिक भएका २४ स्थानीय तहमा १० सहित एमाले अग्रस्थानमा

नतिजा सार्वजनिक भएका २४ स्थानीय तहमा १० सहित एमाले अग्रस्थानमा

धनगढी ।  देशभर २४ वटा नगरपालिकामा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ। अग्रतामा नेपाली कांग्रेस अघि देखिए पनि १० वटा पालिकामा एमाले विजयी भएको छ। 

दोस्रोमा रहेको नेपाली कांग्रेसले १ नगरपालिका सहित ८ वटा पालिका जित हासिल गरेको छ। नेकपा माओवादी केन्द्रले पनि ४ पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ। 

मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्। 

मनाङ, मुस्ताङ, गुल्मी, बाग्लुङ, डोल्पा, बझाङ, डडेल्धुरा र सोलुखुम्बुका केही स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको हाे।