४१९२ मतगणना हुँदा हमालले पाए १८९९ मत, अन्यले कति पाए ?

४१९२ मतगणना हुँदा हमालले पाए १८९९ मत, अन्यले कति पाए ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले ४ हजार १ सय ९२ मतगणना हुँदा १ हजार ८ सय ९९ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार १३० मत पाएका छन्। हमाल र वडबीच ७ सय ६९ मतको अन्तर छ। यस्तै नेकपा एमालेका रणबहादुर चन्दले २ स ७५ मत पाएका छन्। 

अहिले वडा नम्बर १ र १९ को मतगणना भइरहेको छ। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप-महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।