धनगढी ४३५२ मत गणना: मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल मतान्तर बढाउँदै, उप-मेयरले कति पाए ?

धनगढी ४३५२ मत गणना: मेयर पदका स्वतन्त्र उम्मेदवार हमाल मतान्तर बढाउँदै, उप-मेयरले कति पाए ?

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।  सुरु देखि नै हमालले अग्रता लिएका हमालले ४ हजार ३ सय ५२ मतगणना हुँदा १ हजार ९ सय ५६ मत पाएका छन्।  

यस्तै, सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार १ सय ६२ मत पाएका छन्।  यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ३ स १५ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ९ सय ९३,  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ सय ८६ र एमालेकी कन्द्रकला रानाले ६ सय ६३ मत पाएका छन्। 

अहिले वडा नम्बर १ र १९ को मतगणना भइरहेको छ। वडा नं. १ को ३३० मत गन्न बाँकी रहेको छ । भने वडा नं. १ मा काँग्रेशका सन्तोष मुडभरी दोहोरीने निश्चित भएको छ । 

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उप(महानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।